Rule 10
मापदण्ड पूरा गरेको हुनु पर्ने
सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्नको लागि मन्त्रालयले तोके बमोजिम देहायको मापदण्ड पूरा गरेको हुनु पर्नेछः–
(क) न्यूनतम आधारभूत सुविधा सहितको भौतिक संरचना,
(ख) न्यूनतम स्वास्थ्य सेवा तथा सुरक्षाको व्यवस्था,
(ग) पीडितको लागि आवश्यकतानुसार मनोविमर्श सेवा, मनोवैज्ञानिक सेवा र कानूनी सहायता उपलब्ध गराउने व्यवस्था,
(घ) पीडितलाई आर्थिक सहायता उपलव्ध गराउन सक्ने क्षमता,
(ङ) मन्त्रालयले तोकेका अन्य मापदण्ड ।